काठमाडौं । नेपाली बजारमा बिहिबार सुनचाँदीको मुल्य स्थिर रहेको छ ।
आज सुन प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि सुन सोहि मुल्यमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।


