शुक्रबार, आश्विन २३ गते २०८३
images

बाजुराको कोल्टीमा निःशुल्क आँखा शिविर, ६१ जनाको मोतियाबिन्दुको शल्यक्रिया

एक्सप्रेस पाना
आश्विन १८, २०८३ आइतबार
  • 80
    SHARES
  • बाजुराको कोल्टीमा निःशुल्क आँखा शिविर, ६१ जनाको मोतियाबिन्दुको शल्यक्रिया

    बाजुरा । बाजुराको कोल्टी आधारभूत अस्पतालमा निःशुल्क आँखा शिविर सञ्चालन भइरहेको छ ।

    images

    बुद्ध एयरका संस्थापक अध्यक्ष स्वर्गीय सुरेन्द्रबहादुर बस्नेतको स्मृतिमा बुद्ध एयर र एक पाइला फाउण्डेशनको सहकार्यमा आयोजित शिविरमा हिजो (शनिबार) ६१ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो ।

    बुद्ध एयरका सुचना अधिकारी दीपेन्द्र कर्णका अनुसार बुद्ध एयर र एक पाइला फाउण्डेशनको सहकार्यमा आयोजित शिविरमा हिजो (शनिबार) ६१ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । शिविरमा ४२५ जनाको आँखा परीक्षण गरिएको थियो ।

    images

    शिविरमा ४२५ जनाको आँखा परीक्षण गरिएको उनले बताए । परीक्षणका क्रममा आवश्यक देखिएका बिरामीलाई निःशुल्क औषधि तथा चश्मासमेत वितरण गरेको उनले बताए ।  

    निःशुल्क आँखा शिविर शनिबार, आइतबार र सोमबार तीन दिन सञ्चालन हुने उनले बताए । 

  • सम्बन्धित विषय:

  • # मोतियाबिन्दु