काठमाडौं । आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया सुरु भएको छ ।
काठमाडौंस्थित राष्ट्रिय सभागृहमा कांग्रेस केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि उम्मेदवारी मनोनयन दर्ता भएको हो । उद्योगी तथा कांग्रेस नेता विनोद चौधरी पनि मनोनयन दर्ताका लागि राष्ट्रिय सभागृह पुगेका छन् ।


