काठमाडौं । नेपाली बजारमा बुधबार सुन बढेको छ ।
आज सुन तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।


