काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा बिहानीको मन्द घाममा प्रतिनिधिहरू मतदानका लागि लामबद्ध भएका छन्। आफ्नो मताधिकार प्रयोग गर्न महाधिवेशनस्थल पुगेका प्रतिनिधिहरू पालो पर्खँदै लाइनमा उभिएका देखिन्छन्। मतदानस्थलमा प्रतिनिधिहरूको लामो लहरसँगै उत्साह देखिएको छ।





