आइतबार, आश्विन २५ गते २०८३
images
images

प्राकृतिक विपत्तिका कारण पूर्वराजा शाहले यस वर्षको दसैँ सादगीपूर्वक मनाउने

एक्सप्रेस पाना
आश्विन २५, २०८३ आइतबार
  • 74
    SHARES
  • प्राकृतिक विपत्तिका कारण पूर्वराजा शाहले यस वर्षको दसैँ सादगीपूर्वक मनाउने

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा हालै आएको प्राकृतिक विपत्ति र धनजनको ठूलो क्षतिलाई मध्यनजर गर्दै यस वर्षको बडादसैँ सादगीपूर्वक मनाउने निर्णय गरेका छन् । साथै, यस पटक विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा नलगाउने निर्णय गरेका हुन् । 

    images

    निर्मल निवासस्थित संवाद सचिवालयद्वारा आज जारी गरिएको सूचना अनुसार गत भदौ महिनामा हिमपहिरोका कारण आएको भीषण बाढी तथा असोज महिनामा परेको अविरल वर्षाले देशमा ठूलो संकट निम्त्याएको उल्लेख छ । उक्त प्राकृतिक विपत्तिका कारण हजारौँ नागरिक विस्थापित हुनुका साथै सयौँको संख्यामा दुःखद निधन भएको र ठूलो जनधनको अपूरणीय क्षति भएको परिस्थितिप्रति दुःख व्यक्त गरिएको छ ।  

    यस्तो असहज परिस्थितिलाई दृष्टिगत गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो आस्था, मान्यता र मर्यादालाई कायम राख्दै यस वर्षको बडादसैँ सादगीपूर्वक मनाउने निधो गरेको सचिवालयले जनाएको छ ।  

    images

     

  • सम्बन्धित विषय:

  • # ज्ञानेन्द्र शाही