एजेन्सी । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युइएफए चयाम्पियन्स लिग उमेरले ३७ वर्ष नजिक रहेका फरवार्ड क्रिस्टियानो रोनाल्डोले २ सानदार गोल गरेर इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर युनाइटेडलाई पुनः एकपटक हारबाट बचाएका छन् ।
समूह चरणको चौथो खेलमा युनाइटेड इटालियन क्लब एटलान्टाको घरेलु मैदानमा दुईपटक पछि परेको थियो । तर पाहुना टोलीका लागि रोनाल्डो २ गोल गर्दै खेल २-२ गोलको बराबरी अबस्थामा ल्याए ।
घरेलुु टोली एटलान्टा जितबाट एक मिनेट मात्रै टाढा रहेका बेला सम्हालिन नसक्दा रोनाल्डोको दोस्रो गोल खाएपछि ऊ जितबाट चुक्यो । र, युनाइटेडले अवे मैदानमा हार पन्छायो । यसअघि युनाइटेडको घरेलु मैदानमा पहिलो लेगको खेल हुँदा पनि एटलान्टाविरुद्ध कमब्याक जित दिलाउन रोनाल्डोले नै अन्तिम मिनेटमा सानदार विजयी गोल गरेका थिए ।
उक्त बराबरी सँगै ४ खेलबाट युनाइटेड ७ अंक बनाउँदै शीर्ष स्थानमा रहेका छन् । यता एटलान्टाको भने समान खेलबाट ५ अंकसहित तेस्रो स्थानमा रहेक छ ।


