सोमबार, कार्तिक १७ गते २०८३
images
images

एनपीएल सिजन ३:आज चितवन–विराटनगर र जनकपुर–कर्णालीबीच प्रतिस्पर्धा हुँदै

एक्सप्रेस पाना
कार्तिक ११, २०८३ मंगलबार
  • 123
    SHARES
  • एनपीएल सिजन ३:आज चितवन–विराटनगर र जनकपुर–कर्णालीबीच प्रतिस्पर्धा हुँदै

    काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।

    images

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ।

    विराटनगर सन्दीप लामिछानेको कप्तानीमा रहेको छ भने चितवनलाई कुशल मल्लले सम्हालेका छन्। 

    images

    त्यस्तै, आजै साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन् ।

    जनकपुर हर्मित सिंहको कप्तानीमा रहेको छ भने कर्णाली सोमपाल कामीको नेतृत्वमा मैदान उत्रनेछ।

    प्रतियोगिताको पहिलो दिन हिजो लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो।

    कात्तिक ९ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् । फाइनल भिडन्त मङ्सिर ५ गते हुनेछ ।

  • सम्बन्धित विषय:

  • # एनपीएल सिजन-३