काठमाडौं । जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य दिएको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं गोर्खाज १९.३ ओभरमा ११५ रन बनाउँदै अलआउट भएको हो ।
जनकपुरको लागि राहुल यादवले ४ विकेट लिए । जनकपुर दोस्रो खेल खेल्दैछ भने काठमाडौं पहिलो खेल खेलिरहेको हो ।
.jpg)


