काठमाडौं । जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजलाई हराउँदै जनकपुर बोल्ट्स विजयी भएको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा जनकपुरले ८ विकेटले काठमाडौंलाई हराएको हो ।
जितको लागी ११६ रनको लक्ष्य पछाएको जनकपुरले १७.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।
जनकपुरको लागि मोइन अलीले सर्वाधिक ५८ रन बनाए । मोइन प्रतियोगितामा अर्धशतक हिर्काउने तेस्रो खेलाडी समेत बने । यस्तै शैफ हसनले नटआउट ४० रनको योगदान गरे। यी दुबै ब्याटरबीच ७९ रनको साझेदारी समेत भयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं गोर्खाज १९.३ ओभरमा ११५ रन बनाउँदै अलआउट भएको थियो ।
.jpg)


