काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले कर्णाली याक्सले लगातार दोस्रो जित निकालेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएका दोस्रो खेलमा कर्णालीले विराटनगरलाई ४ विकेटले हराएको हो ।
१८७ रनको लक्ष्य पछाएको कर्णालीले १९.५ ओभरमा ६ विकेट गुमाउँर्दै लक्ष्य पुरा गरेको हो । कर्णालीको लागि सोमपाल कामीले सर्वाधिक ६२ रन बनाए ।
यसअघि टस हारेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेटको क्षतिमा १८६ रन बनाएको थियो । ओपनर लोकेश बमले आक्रामक पारी खेल्दै ८७ रनको योगदान दिए । ५२ बल खेलेका उनले ९ छक्का र ३ चौका प्रहार गरे ।
कर्णालीको यो दोस्रो जित हो भने विराटनगरको दोस्रो हार हो।
.jpg)


