सोमबार, कार्तिक १७ गते २०८३
images
images

लू शूनका नाति झोउ लिङफेईको सहभागितामा नेपाली–चिनियाँ साहित्यबारे परिचर्चा

एक्सप्रेस पाना
कार्तिक १५, २०८३ शनिबार
  • 128
    SHARES
  • लू शूनका नाति झोउ लिङफेईको सहभागितामा नेपाली–चिनियाँ साहित्यबारे परिचर्चा

    काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान र देवकोटा–लू शून प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा नेपाली तथा चिनियाँ साहित्यबीचको सम्बन्ध र साहित्यिक आदानप्रदानका विषयमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।

    images

    शुक्रबार आयोजित कार्यक्रममा चीनका आधुनिक कथाका प्रवर्तक मानिने महान् साहित्यकार लू शूनका नाति तथा लू शून कल्चरल फाउन्डेसनका अध्यक्ष झोउ लिङफेई सहित चिनियाँ साहित्य तथा विज्ञान एकेडेमीका प्राज्ञ सदस्यहरूको सहभागिता रहेको थियो।

    नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति अविनाश श्रेष्ठले चिनियाँ प्रतिनिधिमण्डलको स्वागत गर्दै नेपाल र चीनबीचको साहित्यिक तथा सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

    images

    कार्यक्रममा लू शूनको साहित्यिक विरासत, आधुनिक चिनियाँ साहित्यको विकास तथा नेपाली र चिनियाँ साहित्यबीचको सम्बन्धका विषयमा छलफल गरिएको थियो।

    लू शूनलाई आधुनिक चिनियाँ साहित्यका अग्रणी साहित्यकारका रूपमा चिनिन्छ। उनका साहित्यिक कृतिहरूले चिनियाँ समाज, संस्कृति र तत्कालीन सामाजिक अवस्थालाई साहित्यका माध्यमबाट अभिव्यक्त गरेका छन्।

    झोउ लिङफेईको सहभागिताले नेपाल र चीनबीचको साहित्यिक तथा सांस्कृतिक सम्बन्धलाई थप नजिकबाट बुझ्ने अवसर प्रदान गरेको छ। यस्ता कार्यक्रमले दुई देशका साहित्यकार, अध्येता तथा प्राज्ञिक क्षेत्रबीचको अनुभव आदानप्रदान र आपसी सहकार्यलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।