शनिबार, भाद्र २७ गते २०८३
images

टोटेनहमको प्रशिक्षयमा कोन्टे नियुक्त

एक्सप्रेस पाना
कार्तिक १७, २०७८ बुधबार
  • 292
    SHARES
  • टोटेनहमको प्रशिक्षयमा कोन्टे नियुक्त

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल क्लब टोटेनहम हटस्परले मुख्य प्रशिक्षकमा एन्टोनियो कोन्टेलाई नियुक्त गरेको छ । मङ्गलबार टोटेनहमले चेल्सीका पूर्वप्रशिक्षक कोन्टेलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको थियो । 

    images

    सोमबार टोटनह्यामले नुनो स्प्रिरिटो सान्टोलाई बर्खास्त गरेको थियो । प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर युनाइटेडसँगको खेलमा ३–० गोलले पराजित भएपछि टोटनह्यामले नुनोलाई पदबाट बर्खास्त गरेको हो ।

    नुनोका साथै क्लबले उनका कोचिङ स्टाफहरू बार्बोसा र डियाजलाई पदबाट हटाएको थियो । पोर्चुगिज कोच नुनो चार महिनामै टोटनह्यामबाट बर्खास्तमा परेका थिए । गत जुनमा उनी हटस्परको प्रशिक्षकमा नियुक्त भएका थिए । 

    images

    उनको नेतृत्वमा टोटनह्यामले १७ खेल खेलेको मध्ये आठ खेलमा जित, सात खेलमा हार र दुई खेलमा बराबरी खेलेको थियो । अब, उनको स्थानमा टोटनह्यामले कोन्टेलाई ल्याएको हो । कोन्टेको नेतृत्वमा चेल्सीले प्रिमियर लिगको उपाधि जितेको थियो ।