शनिबार, भाद्र २७ गते २०८३
images

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीको जित, पीएसजी रोकियो

एक्सप्रेस पाना
कार्तिक १८, २०७८ बिहीबार
  • 331
    SHARES
  • च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीको जित, पीएसजी रोकियो

    एजेन्सी । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्सलिग अन्तर्गत समूह ‘ए’ को खेलमा म्यानचेस्टर सिटीले सहज जित हात निकाल्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) भने बराबरीमा रोकिएको छ । 

    images

    बुधबार राति भएको फरक खेलमा इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यानचेष्टर सिटीले बेल्जियम शीर्ष क्लब ब्रगलाई ४-१ गोल अन्तरले पराजित गर्दै शीर्षस्थानमा पुगेको हो ।  

    घरेलु मैदान इतिहादमा सिटीलाई जित दिलाउन फिल फोडेन, रियाद माहरेज, रहिम स्टर्लिङ र गाब्रियल जेसुसले १/१ गोल गरे ।  सिटीकै जोन स्टोनिसले आत्मघाती गोल गरे । 

    images

    यता, समूह ‘ए’ कै अर्काे खेलमा फ्रेन्च क्लब पेरिस सेन्टर जर्मन पीएसजी जर्मन बुण्डेसलिगा फुटबल क्लब आरबी लाईपजिगसँग २-२ गोलको बराबरीमा रोकिएको छ ।    1635992729105.jpg

    स्टार खेलाडी लियोनल मेस्सी बिना मैदान उत्रिएको पीएसजी २-१ को अग्रता जोगाउन नसक्दा अन्तिम समयमा बराबरीमा रोकियो ।पीएसजीको लागि जर्जिनिओ विज्नाल्डुमले २ गोल गरे । यता, लाईपजिगको लागि क्रिस्टोफर नकुन्कु र डोमिनिक सजोबोक्जिअलले पेनाल्टी गोल गरे । 

    खेलसँगै समूह ‘ए’ मा सिटी ४ खेलबाट ९ अंक सहित शीर्षस्थानमा छ । २ जित र २ बराबर सहित अपराजित रहेको पीएसजी ८ अंकका साथ दोस्रो स्थानमा छ ।  यता, ४ अंक जोडेको क्लब ब्रग तेस्रो स्थानमा रहँदा एक अंक जोडेको लाईपजित पुछारमा छ ।