आइतबार, भाद्र २८ गते २०८३
images

इंग्ल्याण्डलाई ५ विकेटले हराउँदै न्यूजिल्याण्ड पहिलोपटक विश्वकपको फाइनलमा

एक्सप्रेस पाना
कार्तिक २५, २०७८ बिहीबार
  • 251
    SHARES
  • इंग्ल्याण्डलाई ५ विकेटले हराउँदै न्यूजिल्याण्ड पहिलोपटक विश्वकपको फाइनलमा

    एजेन्स्सी । जारी आइसिसी टि२० विश्वकप २०२१ को पहिलो सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्यूजिल्याण्ड फाइनलमा प्रवेश गरेको छ ।

    images

    जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको न्यूजिल्याण्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा १६६ रन बनाएको थियो ।

    जेम्स निशम ब्याटिङमा आउँदा न्युजिल्याण्डलाई २९ बलमा ६० रन चाहिएको थियो । तर ११ बलमा २७ रनको सानदार पारी खेलेर निशाम आउट भएपछि न्यूजिल्याण्डले १२ बलमा २० रन बनाउन बाँकी थियो ।

    images

    डेरिल मिचेलले १९औं ओभरमा दुई छक्का र एक चौका प्रहार गर्दै २० रन बनाएर यूजिल्याण्डले एक ओभर बाँकी रहँदा पाँच विकेटले जित हात पारेको हो । डेरिल मिचेलले ४७ बलमा अविजित ७२ रन खेल्दै न्युजिल्याण्डलाई यादगार जित दिलाए ।

    उक्त जितसँगै न्यूजिल्याण्ड पहिलो पटक विश्वकको फाइनलमा प्रवेश गरेको छ अब उसले न्युजिल्याण्डले अब नोभेम्बर १४ मा हुने फाइनलमा पाकिस्तान र अष्ट्रेलियाबीचको विजेतासँग खेल्नेछ ।