आइतबार, भाद्र २८ गते २०८३
images

ए डिभिजन लिग तीनदिन पछि सर्‍यो 

एक्सप्रेस पाना
कार्तिक २५, २०७८ बिहीबार
  • 317
    SHARES
  • ए डिभिजन लिग तीनदिन पछि सर्‍यो 

    कात्तिक २५ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले २९ कात्तिक सुरू हुने भनिएको शहीद स्मारक ए डिभिजन लिग तीन दिन सरेको छ । बिहीबार एन्फाले २९ कात्तिकबाट तय लिगलाई तीन दिन सार्दै ३ मंसिरबाट गर्ने निर्णय गरेको हो । 

    images

    एन्फा मुख्यालयमा आयोजित कान्तिपुर टेलिभिजनसँग लिगको प्रसारण अधिकार सम्झौता कार्यक्रममा एन्फाले लिगलाई तीन दिन पर सारेको जनाएको छ ।

    एन्फाले क्लबहरुसँगको छलफलपछि लिगका खेलहरु सातामा तीन दिन ९शुक्रबार, शनिबार र आइतबार० मात्र खेलाउनेसमेत जनाएको छ । 

    images

    यससँगै लिगको खेल तालिकामा समेत परिवर्तन हुने भएको  हो । यसअघि २९ कात्तिकमा साविक विजेता मच्छिन्द्र क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच खेल हुने तालिका थियो । 

    १४ क्लबको सहभागिता रहने लिगको अन्तिम दुई टोली रेलिगेसन (बढुवा) हुनेछन् ।