आइतबार, भाद्र २८ गते २०८३
images

ए डिभिजन लिग हेर्न एक सय र पाँच सयकाे टिकट

एक्सप्रेस पाना
कार्तिक २६, २०७८ शुक्रबार
  • 432
    SHARES
  • ए डिभिजन लिग हेर्न एक सय र पाँच सयकाे टिकट

    कात्तिक २६ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३ मंसिरदेखि सुरु हुने शहिद स्मारक ‘ए’ लिगको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । लिग पहिलो पटक फ्लड लाइटमा हुने एन्फाले जनाएको छ । एन्फाले टिकट दर समेत घोषणा गरेको छ ।लिगको साधारण तर्फको एक सय र भिआईपी तर्फको ५०० रहेको एन्फाका महासचिब इन्द्रमान तुलाधरले जनाए । 

    images

    लिगमा त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, संकटा फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब, हिमालयन शेर्पा फुटबल क्लब, सातदोबाटो फुटबल क्लब, मनाङ मर्स्याङदी फुटबल क्लब, थ्रि स्टार फुटबल क्लब, एनआरटी फुटबल क्लब, फ्रेन्डस फुटबल क्लब, च्यासल युथ क्लब, जावलाखेल युथ क्लब र बिग्रेड ब्वाइज फुटबल क्लबगरी १४ टोलीको सहभागिता रहने छ । 

    प्रतियोगितामा लिग तालिकाको पुछारमा रहने दुई टोली रेलिगेशमा पर्नेछन् । लिगको उद्घाटन खेलमा सातदोबाटो युथ र फ्रेन्डस् फुटबल क्लबबीच हुने तालिका छ ।

    images