आइतबार, भाद्र २८ गते २०८३
images

गौरीगंगा नगरपालिकालाई ४-० गोल अन्तरले पराजित गर्दै धनगढी फाइनल

एक्सप्रेस पाना
कार्तिक २६, २०७८ शुक्रबार
  • 295
    SHARES
  • गौरीगंगा नगरपालिकालाई ४-० गोल अन्तरले पराजित गर्दै धनगढी फाइनल

    कात्तिक २६ काठमाडौं । ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग २०७८ को लागि छनोट भएका छन् । 

    images

    शुक्रबार एन्फा कम्प्लेक्समा भएको फरक खेलमा विजयी हुँदै फाइनल स्थान सुरक्षित गरेसँगै ललितपुर र धनगढी राष्ट्रिय लिगका लागि छनोट भएका हुन् । 

    पहिलो सेमिफाइनल खेलमा झापाको कनकाई नगरपालिकालाई १-० गोल अन्तरले पराजित गर्दै ललितपुर राष्ट्रिय लिगमा स्थान बनाउन सफल भएको हो । 

    images

    ललितपुरको जितमा कप्तान निर्मला विकले एक मात्र गोल गरिन् । नेपाल पुलिस क्लबको फरवार्डसमेत रहेकी निर्मलाले पहिलो हाफमा गोल गरेकी थिइन् । 

    दोस्रो सेमिफाइनलमा कैलालीको गौरीगंगा नगरपालिकालाई ४-० गोल अन्तरले पराजित गर्दै धनगढी उप(महानगरपालिका फाइनलसहित राष्ट्रिय लिगमा छनोट हुन सफल भयो । 

    एकोहोरो खेलमा धनगढीलाई जिताउन सीमा रावल, चन्द्रा भण्डारी, कप्तान रेबिका पाण्डे र सरस्वती रोकायले समान एक एक  गोल गरे । 

    अब, दुई टोली उपाधिका लागि आइतबार भिड्नेछन् । प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पाउनेछ भने उपविजेताले दुई लाख ५० हजार पाउनेछ । 

    ३१ टोली सहभागी लिगको फाइनल पुग्ने टोली महिला लिगमा छनोट हुनेछ । सहभागी क्लबलाई १० समूहमा विभाजन गरिएको थियो । सहभागी क्लबलाई विभागीय चार खेलाडीसम्म अनुबन्धन गर्ने मौका एन्फाले दिएको थियो ।

    अब, यसै सिजनमा हुने राष्ट्रिय महिला लिगमा विभागीय तीन क्लब (पुलिस, आर्मी, एपीएफ) चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका र विराटनगर महानगरपालिकासहित धनगढी र ललितपुर गरी आठ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।