सोमबार, कार्तिक १७ गते २०८३
images
images

केही नेता छुटेपनी एमाले नफुट्ने प्रदीप ज्ञवालीको दाबी 

एक्सप्रेस पाना
श्रावण १०, २०७८ आइतबार
  • 306
    SHARES
  • केही नेता छुटेपनी एमाले नफुट्ने प्रदीप ज्ञवालीको दाबी 

    काठमाडौँ । केही नेता छुटेपनी नेकपा एमाले नफुट्ने दाबी प्रदीप  ज्ञवालीले गरेका छन् ।  एमालेका सचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनसँग देश र जनताको हितमा काम गर्ने एजेण्डा नै नभएको बताएका छन्। गुल्मीमा आइतबार पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले गठबन्धन असैद्धान्तिक भएको समेत दाबी गरे।

    images

    उनले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गरे पनि आफूहरुको असहमति रहेको बताए। अदालतले प्रधानमन्त्री नियुक्ति गर्ने नजिर शुरू गरेर बहुदलीय व्यवस्था मास्ने खेल सुरू भएको नेता ज्ञवालीको आरोप छ। ‘केही पार्टी र नेतालाई जनताभन्दा अदालतको बढी विश्वास गर्ने भएकाले अदालत त्यसैमा फसेर बहुदलीय प्रणाली मास्ने खेल शुरू भएको छ,’ उनले भने, ‘स्वार्थको गठजोडबाट बनेको सरकारसँग जनताका आशा र अपेक्षा पूरा गर्ने कुनै मुद्दा छैन।’

    उनले पार्टीलाई एक ढिक्का बनाउनका लागि माधव नेपाल पक्षले हालसम्म गरेका गल्तीहरुलाई माफ दिइएको पनि बताए। एमाले नेतृत्वको सरकारलाई ढालेर कांग्रेसलाई सत्ता सुम्पिनका लागि नेपाल समूह लाग्नु अलोकतान्त्रिक र विडम्बना भएको उनको तर्क छ।

    images

    यद्यपि कार्यदलबीच भएको १० बुँदे सहमतिको जगमा पार्टीलाई एकतावद्ध बनाइने उनले बताए। एमाले नफुट्ने दावी गर्दै ज्ञवालीले केही प्रमुख नेताहरू भने छुट्न सक्ने बताए। पार्टी विभाजनले कसैलाई पनि फाइदा नहुने भएकोले पार्टी फुट्नेभन्दा पनि केही नेता छुट्ने संभावना बढी भएको उनको भनाई रहेको छ ।