आइतबार, भाद्र २८ गते २०८३
images

विश्वकप छनोट : डि मारियाको निर्णायक गोलमा अर्जेन्टिना विजयी

एक्सप्रेस पाना
कार्तिक २७, २०७८ शनिबार
  • 519
    SHARES
  • विश्वकप छनोट : डि मारियाको निर्णायक गोलमा अर्जेन्टिना विजयी

    एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा एन्जेल डि मारियाको निर्णायक गोलमा अर्जेन्टिनाले उरुग्वेलाई पराजित गरेको छ।  शनिबार बिहान उरुग्वेको घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै आठौं जित हासिल गरेको हो । 

    images

    अर्जेन्टिनाको जितमा कप्तान समेत रहेका एन्जेल डि मारियाले खेलको सातौं मिनेटमा निर्णायक गोल गरे । नियमित कप्तान लियोनल मेस्सी भने खेलको ७६औं मिनेटमा मात्रै मैदान प्रवेश गरेका थिए । 

    उक्त जितसँगै अर्जेन्टिनाले १२ खेलबाट ८ जित र ४ बराबरसहित २८ अंक जोड्दै दोस्रो स्थानमा छ । अर्जेन्टिना जारी छनोटमा अपराजित रहँदै आएको छ ।

    images

    दक्षिण अमेरिकी छनोटबाट ६ खेल अघिनै ब्राजिल विश्वकपमा छनोट भएको छ । अर्जेन्टिनाले समेत तेस्रो स्थानको इक्वेडरभन्दा ८ अंकले अग्रता बनाएको छ । पराजित उरुग्वे भने १३ खेलबाट ४ जित, ४ बराबर र ५ हारका साथ १६ अंक बनाएर तालिकाको छैटौं स्थानमा छ ।