सोमबार, कार्तिक १७ गते २०८३
images
images

कम्युनिष्टको वैचारिक धरातल कमजोर भएको अर्थमन्त्री शर्माको भनाई 

एक्सप्रेस पाना
श्रावण १०, २०७८ आइतबार
  • 416
    SHARES
  • कम्युनिष्टको वैचारिक धरातल कमजोर भएको अर्थमन्त्री शर्माको भनाई 

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले कम्युनिष्ट आन्दोलनमा वैचारिक धरातल भएको बताएका छन् । परेको बताएका छन्। माक्र्सवादी  ज्ञान केन्द्रले बागमती र लुम्बिनी प्रदेशको लागि सुरु गरेको आधारभूत भर्चुअल कक्षा शुभारम्भको अवसरमा बोल्दै नेता प्रभाकरले यस्तो बताएका हुन्। अर्थमन्त्री शर्माले वैचारिक आदर्शमा स्खलन आएको बताए।

    images

    मन्त्री प्रभाकरले माक्र्सवादी वैचारिक ज्ञानको धरातल कमजोर हुँदा कम्युनिष्ट आन्दोलन नै विघटन हुने खतरा पैदा भएको बताए। मूल नेतृत्वमा माक्र्सवादी वैचारिक आदर्श कमजोर हुनुको परिणाम स्वरुप नै शक्तिशाली नेकपा विभाजन हुन पुगेको उनको धारणा थियो। केपी ओलीले माक्र्सवादी अध्ययन गर्नुको सट्टा सुख सागर , रामायण महाभारतको अध्ययन बढी गरेको कारण कम्युनिष्ट आन्दोलन कमजोर बनेको बताए ।

    कम्युनिष्ट दर्शन भनेको श्रमिक र उत्पीडितहरुको मुक्तिको दर्शन भएको भन्दै उनले नेपालमा कम्युनिष्ट आन्दोलन पुनर्संगठित गर्न नेता कार्यकर्ताहरूले माक्र्सवादी ज्ञान,  माक्र्सवादी  आदर्श र आचरणमा प्रतिवद्ध रहनुपर्नेमा जोड दिएका छन् । 

    images

    माक्र्सवादी ज्ञान र आदर्शको अनुशरणले मात्र देशभरका लाखौं युवाहरुलाई परिवर्तन र विकासको काममा परिचालन गर्न सकिने भन्दै उनले वर्तमानको डिजिटल युग सुहाउँदो संगठन बनाउनुपर्नेमा जोड दिए ।