एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर युनाइटेडले आफ्ना प्रशिक्षक ओले गुनर सोल्सारलाई पदबाट बर्खास्त गरेको छ ।
जारी सिजन खराब प्रदर्शनमा गुज्रिएको युनाइटेडले आइतबार साँझ सामाजिक सञ्जालमार्फत प्रशिक्षक सोल्सारलाई हटाइएको जानकारी दिएको हो । वाटफोर्डसँगको अप्रत्याशित हारपछि युनाइटेडले सोल्सारलाई हटाउने निर्णय गरेको हो ।
युनाइटेडको पूर्वखेलाडीसमेत रहेका सोल्सार सन् २०१८ मा मुख्य प्रशिक्षकका रूपमा ओल्ड ट्राफोर्ड फर्किएका थिएगत सिजन उनकै नेतृत्वमा प्रिमियर लिगको उपविजेता बन्न सफल युनाइटेड यस सिजन भने सङ्घर्षरत देखिएको छ ।
युनाइटेड क्रिस्टियानो रोनाल्डो, राफेल भराने र जाडोन सान्चो अनुबन्ध गरेता पनि प्रदर्शनमा सुधार ल्याउन नसकेका कारण युनाइटेडले सोल्सारलाई हटाउने निर्णय गरेको बताइएको छ । शनिबार राति युनाइटेडले वाटफोर्डसँग ४–१ गोलको अप्रत्याशित हार बेहोरेको थियो ।


