आइतबार, भाद्र २८ गते २०८३
images

ला लिगा : सहज जितसँगै रियल मड्रिड शीर्ष स्थानमा

एक्सप्रेस पाना
मंसिर ६, २०७८ सोमबार
  • 437
    SHARES
  • ला लिगा : सहज जितसँगै रियल मड्रिड शीर्ष स्थानमा

    एजेन्सी । स्पेनिस ला लिगा फुटबल १० खेलाडीमा समेटिएको ग्रानडालाई पराजित गर्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ ।आइतबार राति भएको खेलमा रियलले घरेलु टोली ग्रानडालाई ४–१ गोल अन्तरले पराजित गरेको हो । 

    images

    पाहुना टोली रियलको सहज जितमा मार्को एसेन्सियो, नाँचो फर्नान्डेस, भिनिसियस जुनियर र फर्लान्ड मेन्डीले १/१ गोल गरे । घरेलु टोली ग्रानडाका लागि लुइस जाभियर सुआरेजले एक गोल फर्काए ।

    खेल सुरु हुन अघि नै ग्रानडाका प्रशिक्षक रोबर्ट मोरेनोले बेन्चमा रातो कार्ड पाउँदै दर्शक दीर्घामा पुगेका थिए । खेलको ६७औं मिनेटमा मिडफिल्डर मोन्चुले सिधै रातो कार्ड पाउँदा ग्रानडा १० खेलाडीमा सिमित भयो । 

    images

    उक्त जितसँगै रियलले रियल सोसाईडाडलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । १३ औं चरणका खेल सकिँदा ३० अंक बनाएर मड्रिड तालिकामा पहिलो स्थानमा छ । सोसिडाड २९ अंकसहित दोस्रो स्थानमा रहँदा सेभिल्ला २८ अंकसहित तेस्रो स्थानमा रहँदा २६ अंक बनाएको एथ्लेटिको मड्रिड चौथो स्थानमा छ । रियलसँग पराजित भएको ग्रानडा भने रेलिगेशन जोन नजिक छ । ११ अंक बनाएको ग्रानडा १७औँ स्थानमा छ ।