आइतबार, भाद्र २८ गते २०८३
images

ए डिभिजन लिग : आज विभागीय डर्बी, मछिन्द्रलाई एनआरटीको चुनौती

एक्सप्रेस पाना
मंसिर ६, २०७८ सोमबार
  • 418
    SHARES
  • ए डिभिजन लिग : आज विभागीय डर्बी, मछिन्द्रलाई एनआरटीको चुनौती

    मंसिर ६ काठमाडौं । राजधानीमा जारी कतार एअवेरज सहिद स्मारक ’ए’ डिभिजन लिग अन्तर्गत आज सोमबार पनि २ खेल हुँदै छ । आज हुने पहिलो अ‍ेलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दा ’ए’ डिभिजन लिगको पहिलो चरणको अन्तिम खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबलाई न्युरोड टिम एनआरटीले चुनौती पेस गर्दैछ । 

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउसो १ बजे सुरु हुनेछ । लिगको पहिलो खेलमै विभागीय प्रतिद्वन्दी पाउँदा दुबै टोलीले अंक जोड्न कठिन महसुस गरेका छन् । यद्यपि दुबै टोली सिजनको सुरुवात सुखद् बनाउन चाहन्छन् । 

    नविन न्यौपानेको प्रशिक्षणमा रहेका आर्मी राष्ट्रिय फुटबल टोलीका सदस्य भरत खवासको कप्तानीमा हुनेछ । आर्मीले यस सिजनको लिगमा स्ट्राइकर नवयुग श्रेष्ठलाई गुमाएको छ । लिगको प्रि–सिजनका क्रममा नवयुगले घुँडामो चोट लागेको छ । यता पूर्वखेलाडी अनन्तराज थापाको प्रशिक्षणमा रहेको पुलिस युवा खेलाडी राम वाजीको कप्तानीमा हुनेछ । पुलिसको कप्तानी यसैले गर्ने भनेर पक्का भने छैन । विभागीय टोलीले दर्जाको हिसाबमा प्लेईङ सेटमा खेल्नेलाई कप्तानी दिँदै आएको प्रचलन छ । पुलिसलाई तेज तामाङ, सुमन  लामा, अजित प्रजापति, रवि पासवान लगायत खेलाडीको साथ हुनेछ । 

    images

    पहिलो चरणको अन्तिम तथा आजको दोस्रो खेलमा मछिन्द्र फुटबल क्लबलाई न्युरोड टिम एनआरटीले चुनौती पेश गर्नेछ । खेल साझ पौने ५ बजे सुरु हुनेछ । साविक विजेतासमेत रहेको मछिन्द्र यस पटक समेत स्टार र ठूला नामका खेलाडीलाई अनुबन्धन गरेर उपाधि दौडमा रहनेछ । प्रवेश कटुवालको प्रशिक्षणमा टोलीले सुखद् सुरुआत गर्ने योजना बनाएको छ । अट्याकर सुजल श्रेष्ठको कप्तानीमा रहेको मछिन्द्रलाई राष्ट्रिय टोलीका युवा खेलाडीको साथ रहेको छ । 

    मछिन्द्रले विमल घर्तीमगर, मनिष डाँगी, सुनिल बल, विशाल राई, रेजिन धिमाल, रेजिन सुब्बा, देभेन्द्र तामाङ, गोलरक्षक विशाल श्रेष्ठ, विदेशी खेलाडी नुर्लानलाई मैदान उतार्दै आक्रामक फुटबल खेल्ने योजना बनाएको छ । नेपाली फुटबलका इतिहास बनेका राजुकाजी शाक्यको प्रशिक्षणमा रहेको न्युरोड टिम एन आर टी पनि सुरुवाती खेलमा तिन अंक ल्याएर लिगमा सुखद् सुरुवात गर्ने योजनमा छ । 

    १४ क्लबको सहभागीता रहेको लिगको पुछारको २ टोली ‘बी’ डिभिजनमा घटुवा हुनेछ ।