एजेन्सी । इटालियन सिरी ए फुटबलमा साविकको विजेता इन्टर मिलानले नापोलीमाथि महत्वपूर्ण जित निकालेको छ ।
सिरी ए को शिर्ष स्थानमा रहेको नापोलीमाथि गएराती सम्पन्न खेलमा इन्टर मिलानले ३-२ गोल अन्तरले जित निकालेको हो । घरेलु टोली इन्टर मिलानको जितमा हाकन चलहानोग्लु, इभान पेरिसिक र लाउतारो मार्टिनेजले १/१ गोल गरेका थिए । त्यस्तै नापोलीका लागि पिओट जेइलिन्स्की र ड्राइज मेर्टेन्सले १/१ गोल गरेका थिए ।
उक्त जितसँग इन्टर मिलानले १३ खेलमा २८ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यस्तै नापोलीको यो हारपछि १३ खेलमा ३२ अंक रहेको छ र लिगको शिर्ष स्थानमा कायमै रहेको छ ।


