आइतबार, भाद्र २८ गते २०८३
images

नेपालले दियो हङकङलाई १०५ रनको लक्ष्य

एक्सप्रेस पाना
मंसिर ६, २०७८ सोमबार
  • 253
    SHARES
  • नेपालले दियो हङकङलाई १०५ रनको लक्ष्य

    मंसिर ६ काठमाडौं । आइसिसी वुमन्स टि-२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा नेपालले हङकङलाई १ सय ५ रनको मध्यम लक्ष्य दिएको छ । निधारीत २० ओभरमा ३ विकेट गुमाउँदै १०५ रनको विजयलक्ष्य पेश गरेको हो ।

    images

    इनिङको दोस्रो बलमै ओपनर कविता कुँवरलाई गुमाएको नेपालका लागि काजल श्रेष्ठ पनि आठौं ओभरमा आउट भइन् । उनले ४ रनमात्र बनाउन सकिन् । त्यसपछि ओपनर सीता रानामगरले इन्दू वर्मासँग मिलेर तेस्रो विकेटका लागि ८१ रनको साझेदारी गर्दै पारी उकासेकी थिइन् । नेपालको लागि सिता रानाले ४० तथा इन्दू वर्माले ३१ रनको पारि खेलेका थिए । 

    हङकङका लागि चान का म्यान र का यिङ चानले १/१ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो । ६ टोली सम्मिलित यस प्रतियोगिताको विजेताले २०२२ मा हुने महिला टि-२० ग्लोबल छनोटमा स्थान बनाउनेछ । 

    images