मंसिर ६ काठमाडौं । आइसिसी वुमन्स टि-२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमै नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ ।
जितको लागि १ सय ५ रनको विजयी लक्ष्य पछ्याएको हङकङले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । हङकङको जितमा ओपनर मारिको हिलले ४२ बलमा ४ चौका सहित ४४ रनको अविजित उत्कृष्ट विजयी इनिङ खेल्दै अघिल्लो चरण सहज बनाएकी छिन् । यता नेपालको कविता कुँवर, सीता रानामगर र सबनम राईले १/१ विकेट लिए ।

