आइतबार, भाद्र २८ गते २०८३
images

पहिलो हाफ : एनआर टीविरुद्ध मछिन्द्रलाई अग्रता

एक्सप्रेस पाना
मंसिर ६, २०७८ सोमबार
  • 514
    SHARES
  • पहिलो हाफ : एनआर टीविरुद्ध मछिन्द्रलाई अग्रता

    मंसिर ६ काठमाडौं । कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत पहिलो चरणको अन्तिम खेलमा साविकको विजेता मछिन्द्र फुटबल क्लबले न्युरोड टिम एन आर टीविरुद्ध अग्रता बनाएको छ ।

    images

    जारी खेलको पहिलो हाफ सकिँदा सम्म मछिन्द्रले १-० गोलको अग्रता बनाएको हो । मछिन्द्रको लागि खेलको ११औं मिनेट सुनिल बलले गोल गरि अग्रता दिलाएका थिए ।

    साविक विजेतासमेत रहेको मछिन्द्र यस पटक समेत स्टार र ठूला नामका खेलाडीलाई अनुबन्धन गरेर उपाधि दौडमा रहनेछ । प्रवेश कटुवालको प्रशिक्षणमा टोलीले सुखद् सुरुवात गर्ने योजना बनाएको छ । अट्याकर सुजल श्रेष्ठको कप्तानीमा रहेको मछिन्द्रलाई राष्ट्रिय टोलीका युवा खेलाडीको साथ रहेको छ ।

    images

    मछिन्द्रले सुनिल बल, विशाल राई, रन्जित धिमाल, देभेन्द्र तामाङ, गोलरक्षक विशाल श्रेष्ठ, विदेशी खेलाडी नुर्लानलाई मैदान उतारेको छ । नेपाली फुटबलका इतिहास बनेका राजुकाजी शाक्यको प्रशिक्षणमा रहेको न्युरोड टिम एन आर टी पनि सुरुवाती खेलमा तिन अंक ल्याएर लिगमा सुखद् सुरुवात गर्ने योजनमा छ ।