आइतबार, भाद्र २८ गते २०८३
images

ए डिभिजन लिग : साविकको विजेता मछिन्द्रको विजयी सुरुवात

एक्सप्रेस पाना
मंसिर ६, २०७८ सोमबार
  • 689
    SHARES
  • ए डिभिजन लिग : साविकको विजेता मछिन्द्रको विजयी सुरुवात

    मंसिर ६ काठमाडौं । कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत पहिलो चरणको अन्तिम खेलमा साविकको विजेता मछिन्द्र फुटबल क्लबले न्युरोड टिम एन आरटीमाथि रोमाञ्च जित निकालेको छ ।

    images

    सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्र फुटबल क्लबले एनआरटीमाथि २-१ गोलको जित निकालेको हो ।

    मछिन्द्रको जितमा सुनिल बलले दुबै गोल गरेका हुन् भने एनआरटीको लागि एैरिक विष्टले गोल गरेका थिए । पहिलो हाफमा १-० गोलको अग्रता बनाएको मछिन्द्रले दोस्रो हाफमा थप १ गोल गर्दा अर्को १ गोल व्यहोर्नुपरेको थियो । मछिन्द्रको लागि पहिलो हाफको खेलको ११औं मिनेट सुनिल बलले गोल गरि अग्रता दिलाएका थिए । उक्त जितसँगै मछिन्द्रले महत्त्वपूर्ण ३ अंक जोड्दै सुखद सुरुवात गरेको भने यता पराजित एनआरटीले हारबाट प्रतियोगिताको थालनी गरेको छ ।

    images

    १४ क्लबको सहभागीता रहेको लिगको पुछारको २ टोली ‘बी’ डिभिजनमा घटुवा हुनेछ ।