एजेन्सी । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता (यूइएफए) च्याम्पियन्स लिगमा आज समूह चरणका आठ खेलहरू हुँदै छन् । समूह चरणको पाँचौँ खेलअन्तर्गत आज कुल १६ वटा टोली प्रतिस्पर्धामा रहेका छन् ।
आज हुने खेलहरु २ खेल राति ११:३० बजेबाट सुरु हुनेछ भने बाँकी ६ खेल राति १:४५ बजेबाट सुरु हुनेछ ।
आज हुने खेलमा साविक विजेता तथा इंग्लिस प्रिमियर लिग फुटबल क्लब चेल्सी,म्यानचेस्टर युनाइटेड साथै स्पेनिस ला लिगा फुटबल क्लबहरू बार्सिलोना, सेभिल्ला र भिल्लारियल, जर्मन बुन्डेस लिगा फुटबल क्लब बायर्न म्युनिख, इटालियन सिरी ए फुटबल क्लबद्वय युभेन्टस र एटलान्टा लगायतका टोलीहरु प्रतिस्पर्धामा रहेका छन् ।
आज हुने खेलहरु नेपाली समय अनुसार
बायर्न म्युनिख भर्सेस डायनामो किभसँग राति (११:३०) बजे
भिल्लारियल भर्सेस युनाइटेड राति (११:३०) बजे
चेल्सी भर्सेस युभेन्टस राति (१:४५) बजे
बार्सिलोना भर्सेस बेन्फिका राति (१:४५) बजे
सेभिल्ला भर्सेस वुल्फ्सबर्ग राति (१:४५) बजे
मालमो भर्सेस जेन्ट राति (१:४५) बजे
लिले भर्सेस आरबी साल्जबर्ग राति (१:४५) बजे
योङग ब्वाइज भर्सेस एटलान्टा राति (१:४५) बजे


