मंसिर ७ काठमाडौं । गत शुक्रबाटर बाट सुरु भएको कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो चरणको खेल सकिएको छ । कोरोना महामारी र त्यसपछि उब्जिएका विभिन्न प्रश्नकाबीच अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा यस पटक केहि फरक तरिकाबाट सुरु भएको
हिजो सोमबार साविक विजेता मछिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटीबीचको खेल सकिएसँगै पहिलो चरणको ७ खेल समाप्त भएको हो । पहिलो चरणको खेल सकिँदा साविक विजेता मछिन्द्र फुटबल क्लब, कीर्तिमानी आठौं पटकको लिग विजेता मनाङ मर्स्याङ्दी क्लब, तीन पटकको लिग विजेता थ्रीस्टार क्लब र ब्रिगेड ब्वाइज क्लबले जित निकाल्दै महत्वपूर्ण ३ अंक जोडे ।
यता साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब, नेपाल पुलिस क्लब, फ्रेण्ड्स क्लब र सातदोबाटो युथ क्लबले बराबर खेल्दै हार टारे भने १/१ अंक बाँढे । त्यसमध्य यता विभागीय एपीएफ फुटबल क्लब, न्युरोड टिम एनआरटी, जावलाखेल युथ क्लब र च्यासल युथ क्लब भने पराजित हुँदै प्रतियोगिाचाको सुरुवात गरे ।
लिगको उद्घाटन खेलमा फ्रेन्ड्स र सातदोबाटोले गोलरहित बराबरी खेले । दोस्रो खेलमा संकटा र हिमालयन शेर्पाले १-१ गोलको बराबरी खेल्दा तेस्रो खेलमा च्यासल युथ क्लबलाई थ्री स्टार क्लबले ३-० ले पराजित गर्यो । लिगको तेस्रो दिन तथा चौथो खेल रोमाञ्चक बन्दा ब्रिगेड ब्वाइज क्लबले एपीएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्यो ।
पाँचौ खेलमा कीर्तिमानी आठौं पटकको विजेता मनाङले जावलाखेलसँग १-० कठिन जित हात पार्याे । पहिलो चरणको छैटौं तथा विभागीय डर्बीको खेलमा साविक उपविजेता आर्मी नेपाल पुलिससँग १-१ गोलको बराबरीमा रोकियो । यस्तै अन्तिम खेलमा साविक विजता मछिन्द्रले प्रतिस्पर्धात्मक खेलमा न्युरोड टिम एनआरटीविरुद्ध २-१ गोलको जित निकाल्यो ।
पहिलो चरणमा थ्री स्टारको प्रभावशाली प्रदर्शन
पहिलो चरणमा रुसलान थ्री स्टार क्लबले प्रभावशाली प्रदर्शन गर्यो । ललितपुर डर्बीमा थ्रीस्टारले बलियो टोली च्यासलविरुद्ध ३-० को सहज जित निकाल्यो । च्यासलविरुद्ध थ्री स्टारले तिनै गोल ‘सेट पिस’ मा गर्न सफल भएको थियो । उक्त तीनै गोल डिफेन्डरबाट सम्भव भएको थियो ।
थ्री स्टारले आफ्नो बक्स, डिफेन्स लाइन, मिड लाइन र आक्रमणमा मजबुत प्रदर्शन गर्दै रवाफिलो जित हात पार्यो । थ्री स्टारको यस प्रदर्शनले लिगमा अन्य टोलीका लागि टाउको दुखाइको विषय बन्ने निश्चित छ ।
अन्य खेलमा कुनै पनि आश्चर्यजनक नतिजा आएन
थ्री स्टारले जस्तो अन्य खेलमा भने त्यस्ता कुनै पनि आश्चर्यजनक नतिजा भने आएन । लिगमा ठूला टोलीले साना देखिएका टोलीलाई पराजित गरेका छन् । यता, लिगमा बलियो देखिएका मछिन्द्र र मनाङले भने आफ्नो मजुबत आक्रमणबाट भने त्यति सन्तुष्टि पाउन सकेन ।
सिंगल राउन्ड रोबिनको आधारमा जारी लिगमा जम्मा ९१ खेल आयोजना हुनेछन् । प्रत्येक टोलीले १३ खेल खेल्दा एक टोली विजेता हुनेछ । प्रतियोगिताको विजेताले ७५ लाख, उपविजेताले ५० र तेस्रो हुने टोलीले २५ लाख पुरस्कार पाउँदा अन्य बरियताका क्लबले भने कुनै पुरस्कार पाउने छैनन् ।
लिगको प्रत्येक खेलको विजेताले ५० हजार पाउँदा अंक बाढ्ने टोलीले समान २५ हजार पाउनेछन् । खेलको म्यान अफ दि म्याचले १० हजार पाउनेछ । एन्फाले पहिलो पटक लिगलाई ‘फ्लड लाइट’ मा खेलाएको छ । एक खेल दिउँसो हुँदा अर्को खेल साँझ हुँदै आएको छ ।
विगतका दिनमा लिगमा दर्शकको अनुपस्थित हुँदा यस पटक भने पहिलो चरणमै तुलानात्मक रूपमा दर्शकको बाक्लो उपस्थिति रहेको छ । साँझका खेलमा झनै प्रतिस्पर्धा बढ्दा आगामी दिनमा झनै दर्शकको बाक्लो उपस्थिति हुने अनुमान गर्न सकिन्छ । यसपटक एन्फाले दर्शक तान्नकै लागि टिकट दरसमेत सस्ताउँदै एक सय र पाँच सय रुपैयाँ तोकेको छ ।
पहिलो चरणमा ७ खेल हुँदा १४ खेलाडीले १६ गोल गरेका छन् । एक खेलाडीले रातोकार्डको सामना गर्दा च्यासलका विदेशी खेलाडी विकास मेलाग्लियाले पेनाल्टी मिस गरे । लिगमा दुइ खेलाडीले दुई गोल गर्दा १२ खेलाडीले १/१ गोल गरेका छन् ।
अंक तालिका



