सोमबार, कार्तिक १७ गते २०८३
images
images

 जसपा केन्द्रीय समितिको बैठक बस्दै 

एक्सप्रेस पाना
श्रावण १२, २०७८ मंगलबार
  • 334
    SHARES
  •  जसपा केन्द्रीय समितिको बैठक बस्दै 

    काठमाडौँ ।  जनता समाजवादी पार्टी जसपाले केन्द्रीय कार्यकारिणी परिषद्को बैठक बोलाएको छ। निर्वाचन आयोगबाट आधिकारिकता पाएको भोलिपल्ट मंगलबार जसपाले केन्द्रीय कार्यकारिणी बैठक बोलाएको हो। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने नेता महेन्द्रराय यादवले जानकारी दिए।

    images

    उनले संसदीय दलको विधान पारित गर्ने र आधिकारिकता पाएसँगै पार्टी कसरी अघि बढाउने भन्ने विषयमा छलफल हुने बताए। ‘जसपा एक भए पनि संसदीय दलको विधान तयार हुन सकेको थिएन, त्यो विधान कार्यकारिणी समितिमा छलफल गरी पारित गर्नुपर्नेछ। पार्टीको आधिकारिकता पाएपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुनेछ,’ यादवले भने।

    सोमबार आधिकारिकता विवादमा सनाखत गराउँदै आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको मान्यता दिएर महन्थ ठाकुर पक्षलाई नयाँ दल दर्ताका लागि आह्वान गरेको थियो। तर जसपाबाट टुक्रिएर नयाँ दल दर्ता गर्दा जनप्रतिनिधिको पद गुम्ने कि नगुम्नेबारे आयोगको फैसला मौन छ। दल सम्बन्धी व्यवस्थामा पार्टी केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या पुगे मात्रै नयाँ दल दर्ता गर्दा जनप्रतिनिधिको पद नगुम्ने प्रचलित कानुन छ। यो संख्या ठाकुर समूहसँग छैन।

    images

    जसपाको आधिकारिकता पाएको उपेन्द्र पक्षमा ३४ जना कार्यकारिणी समिति सदस्य र २२ जना सांसद पुगेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा जसपाको दुवै समूहले पक्षमा मतदान गरेको थियो। तर, आधिकारिकताको मुद्दा निर्वाचन आयोगमा विचाराधीन रहेका कारण सरकारमा जाने निर्णय भने भएको थिएन।

    कार्यकारिणी समितिको बैठक सकिएपछि संसदीय दलको बैठक बस्ने पनि नेता यादवले जानकारी दिए। आजै बस्ने संसदीय दलको बैठकले सरकारमा जाने मन्त्रीको विषयमा टुंगो लगाउने उनले बताए।