आइतबार, भाद्र २८ गते २०८३
images

नेपाललाई भुटानले दियो ६२ रनको लक्ष्य 

एक्सप्रेस पाना
मंसिर ७, २०७८ मंगलबार
  • 222
    SHARES
  • नेपाललाई भुटानले दियो ६२ रनको लक्ष्य 

    मंसिर ७ काठमाडौं । आईसिसी महिला टी-२० विश्वकपको एसिया छनोटमा भुटानले नेपाललाई ६२ रनको लक्ष्य प्रस्तुत गरेको छ । दुबईमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको भुटानले निर्धारित २० ओभर ६ विकेट गुमाउँदै ६१ रन बनाएको हो । 

    images

    भुटानका लागि गावाङ चोदेनले सर्वाधिक १३ रन बनाइन् । ३१ बल खेलेकी उनले एक चौका प्रहार गरेकी थिइन् । यस्तै सोनम पाल्दोमले ११ रन बनाउँदा अन्य खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन् । 

    टस हारेर बलिङ गरेको नेपालका लागि सिता राना मगरले सर्वाधिक तीन विकेट लिइन् । चार ओभर बलिङ गरेकी सीताले १० रन खर्चिईन् । यस्तै करुणा भण्डारीले एक विकेट लिइन् । 

    images

    यसअघि मंगलबार भएको खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । ६ टोली सहभागी प्रतियोगिताको विजेता ग्लोबल छनोटमा स्थान बनाउनेछ । ग्लोबल छनोटको दुई टोली विश्वकपमा स्थान बनाउने छन् ।