आइतबार, भाद्र २८ गते २०८३
images

म्यानचेस्टर सिटीविरुद्ध हुने खेलका लागि रामोस पिएसजीको टोलीमा

एक्सप्रेस पाना
मंसिर ७, २०७८ मंगलबार
  • 825
    SHARES
  • म्यानचेस्टर सिटीविरुद्ध हुने खेलका लागि रामोस पिएसजीको टोलीमा

    एजेन्सी । फ्रेन्च लिग वान फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीविरुद्ध खेल्ने टोलीमा स्टार खेलाडी सर्जियो रामोसलाई समेटेको छ । बुधबार राति म्यानचेस्टरमा हुने खेलका लागि पिएसजीले रामोससहित २३ सदस्यीय टोली घोषणा गरेको हो । 

    images

    च्याम्पियन्स लिगअन्तर्गत दोस्रो लेगका लागि पिएसजीले पहिलो पटक रामोसलाई टोलीमा समावेश गरेको हो । यसै सिजन स्पेनिस महारथी रियल मड्रिडबाट पेरिस पुगेका स्पेनिस डिफेन्डर रामोस चोटका कारण मैदान बाहिर रहेका थिए । 

    प्रशिक्षक माउरिसियो पोचेटिनोले रामोससहित स्टार खेलाडी लियोनल मेस्सी, नेयमार जुनियर, केलियन एमबाप्पे लगायतलाई टोलीमा समावेश गरेका छन् । समूह ‘जी’ मा ४ खेल सकिँदा सिटी शीर्षस्थानमा छ । तीन जित र एक हार ब्यहोरेको सिटीसँग ९ अंक छ ।

    images

    दुई जित र दुई बराबरसहित अपराजित रहेको पिएसजी ८ अंक सहित दोस्रो स्थानमा छ । यस्तै क्लब ब्रुर्ग र आरबी लाईपजिग क्रमशः तेस्रो र चौथो स्थानमा छन् । 

    Avatar