आइतबार, भाद्र २८ गते २०८३
images

भुटानमाथि नेपालको शानदार जित

एक्सप्रेस पाना
मंसिर ७, २०७८ मंगलबार
  • 326
    SHARES
  • भुटानमाथि नेपालको शानदार जित

    एजेन्सी । आईसिसी महिला टि-२० विश्वकपको एसिया छनोटमा नेपालले आफ्नो दोस्रो खेलमा ८ विकेटको सानदार जित निकालेको छ । भुटानले दिएको ६२ रनको विजयी लक्ष्य नेपालले ८.३ बलमा २ विकेटको क्षतिमा पुरा गर्यो । 

    images

    नेपालको जितमा इन्दु वर्मा १८ , सरिता राना मगरले १७, कप्तान रुविना क्षेत्रिले १० तथा कविता जोशीले नटआउट ८ रन बनाईन् । त्यस अघि टस जितेर ब्याटिङ रोजेको भुटानले निर्धारित २० ओभर ६ विकेट गुमाउँदै ६१ रन बनाएको हो । 

    भुटानका लागि गावाङ चोदेनले सर्वाधिक १३ रन बनाइन् । ३१ बल खेलेकी उनले एक चौका प्रहार गरेकी थिइन् । यस्तै सोनम पाल्दोमले ११ रन बनाउँदा अन्य खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन् । 

    images

    टस हारेर बलिङ गरेको नेपालका लागि सिता राना मगरले सर्वाधिक तीन विकेट लिइन् । चार ओभर बलिङ गरेकी सीताले १० रन खर्चिईन् । यस्तै करुणा भण्डारीले एक विकेट लिइन् । 

    यसअघि मंगलबार भएको खेलमा नेपाल हङकङसँग ६  विकेटले पराजित भएको थियो । ६ टोली सहभागी प्रतियोगिताको विजेता ग्लोबल छनोटमा स्थान बनाउनेछ । ग्लोबल छनोटको दुई टोली विश्वकपमा स्थान बनाउने छन् ।