आइतबार, भाद्र २८ गते २०८३
images

डायनामो किभमाथि बायर्न जित, बार्सिलोना अन्तिम १६ मा स्थान बनाउँन अर्को कुर्नुपर्ने

एक्सप्रेस पाना
मंसिर ८, २०७८ बुधबार
  • 289
    SHARES
  • डायनामो किभमाथि बायर्न जित, बार्सिलोना अन्तिम १६ मा स्थान बनाउँन अर्को कुर्नुपर्ने

    एजेन्सी । यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता (युइएफए)च्याम्पियन्स लिगमा डायनामो किभई पराजित गर्दै जर्मन बुण्डेसलिगा फुटबल क्लब बायर्न म्युनिखले समूह ‘इ’ मा ८ अंकको अग्रता बनाएको छ ।

    images

    मंगलबार राति भएको खेलमा बायर्नले डायनामो किभलाई २-१ गोलले परातिज गरेको हो । पाहुना टोली बार्यनको जितमा रोबर्ट लेवाण्डोस्की र किङस्ले कोम्यानले समान १/१ गोल गरे । केइभको लागि डेनिस गार्मन्सले १ सान्त्वना गोल गरे ।

    त्यस्तै राति नै भएको सोही समूहको खेलमा स्पेनिस लागिका फुटबल क्लब बार्सिलोना पोर्चुगिज फुटबल क्लल बेन्फिकासँग गोल रहीत बराबरीमा रोकिएको छ । बार्सिलोनाले अघिल्लो चरण प्रवेशको लागि अन्तिम खेल नै कुर्नुपर्ने भएको छ ।

    images

    अर्को खेल बार्सिलोनाले बायर्नसँग ९ डिसेम्बरमा उसैको मैदानमा खेल्नेछ । बेन्फिका र डायनामो भिड्नेछन् । यस खेल बराबर भए अथवा बार्सिलोना आफ्नो खेलमा विजयी भए अन्तिम १६ मा स्थान बनाउनेछ ।

    पहिलाे पटक पूर्वखेलाडी जाभि हर्नाण्डेजको प्रशिक्षणमा च्याम्पियन्स लिग खेलेको बार्सिलोना बेन्फिकासँग गोलरहित बराबरीमा रोकियो ।

    Barcelona 0-0 Benfica - Goals and highlights - Champions League 21/22 |  Marca

    उक्त बराबरीसँगै समूह ‘इ’ मा बायर्नको ५ खेलबाट १५ अंक छ । बार्सिलोनाको ७ अंक रहँदा बेन्फिकाको ५ अंक रहेको छ । पुछारमारहेका केईभको १ अंक छ ।