सोमबार, कार्तिक १७ गते २०८३
images
images

संसदमा बैठक सुरु हुनु अघि सभामुखसँग प्रचण्डको भेटवार्ता 

एक्सप्रेस पाना
श्रावण १२, २०७८ मंगलबार
  • 499
    SHARES
  • संसदमा बैठक सुरु हुनु अघि सभामुखसँग प्रचण्डको भेटवार्ता 

    काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुख अग्निप्रसाद सापकोटासँग भेटघाट गरेका छन्। सभामुख सापकोटाको निवास लैनचौरमा उनीहरुबीच भेटघाट भएको हो।

    images

    त्यसअघि अध्यक्ष प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए। नेपालसँगको भेटमा प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गरेका थिए। प्रचण्डले यसअघि पनि नेपाललाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन्।

    आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा शून्य समय र विशेष समयसमेत राखिएको छ।

    images