एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले साउथह्याम्पटनमाथि सानदार जित निकालेको छ । शनिबार राति लिभरपुलको घरेलु मैदानमा भएको खेलामा लिभरपुलले साउथह्याम्पटनलाई ४-० गोलले हराएको हो ।
घरेलु टोलीको जितान डिएगो जोटाले २ गोल गरे भने थियागो अल्कान्टारा, भर्जिल भान डाइक १/१ गोल गरे । खेलको दोस्रो मिनेटमा नै जोटाले गोल गर्दै घरेलु टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । ३२औं मिनेटमा पुन दोस्रो गोल गर्दै उनले लिभरपुलको अग्रता दोब्बर बनाए ।
त्यसको पाँच मिनेटपछि अल्काटाराले गोल गर्दै पहिलो हाफभरि लिभरपुललाई ३-० गोलको अग्रता दिलाए । ५२औं मिनेटमा भान डाइकले गोल गरेपछि लिभरपुल ४-० गोलले विजयी बन्यो ।
उक्त जितसँगै लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ । उसले १३ खेलमा २८ अङ्क जोडेको छ । साउथह्याम्पटन भने १४ अङ्कका साथ १४औं स्थानमा रहेको छ ।


