एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले अर्मिनियामाथि सङ्घर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले घरेलु मैदानमा अर्मिनियालाई १-० गोलले हराएको हो ।
घरेलु टोली बार्यनको जितमा लेरोई सानेले निर्णायक गोल गरे । निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ७१औं मिनेटमा सानेले गोल गर्दै बायर्नलाई जिताए ।
उक्त जितसँगै शीर्ष स्थानको बायर्नले १३ खेलमा ३१ अङ्क जोडेको छ । अर्मिनिया भने ९ अङ्कका साथ पुछारदेखि एक स्थान माथि रहेको छ ।


