मंसिर १२ काठमाडौं । आईसीसी महिला टि२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आफ्नो निर्णायक तथा अन्तिम खेलमा आयोजक युएईविरुद्ध नेपालले टस जित्दै फिल्डिङ रोजेको छ।
नेपालको लागि युएईविरुद्धको खेल गर या मरको अवस्था रहेको छ ।किनभने ग्लोबल छनोटमा स्थान बनाउन नेपालले युएईविरुद्ध जित मात्र नपुगि नेट रनरेटमा समेत भर पर्नुपर्ने हुन्छ ।
प्रतियोगिता अन्तर्गत ६ टिम सहभागी छन् र केवल एक टिम ग्लोबल छनोटका लागि स्थान सुरक्षित गर्नेछ ।अहिलेको अवस्थामा सहभागी सबै ६ टिमले चार–चार खेल खेलिसकेका छन् र केवल एक खेल खेल्न बाँकी छ ।


