आइतबार, भाद्र २८ गते २०८३
images

बार्सिलोनाको सहज जित

एक्सप्रेस पाना
मंसिर १२, २०७८ आइतबार
  • 437
    SHARES
  • बार्सिलोनाको सहज जित

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भिल्लारियलमाथि सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई उसैको मैदानमा ३-१ गोलले हराएको हो । 

    images

    पाहुना टोली बार्सिलोनाको जितमा फ्रेन्की डी योङ, मेम्फिस डिपे र फिलिप्पे कौटिन्होले १/१ गोल गरे । भिल्लारियलका सामुअल चुक्वुजेले १ गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । डी योङले ४८औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । त्यस्तै ७६औं मिनेटमा चुक्वुजेले गोल गरेपछि घरेलु टोली बराबरीमा फर्किएको थियो । 

    खेलको निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा बार्सिलोनो पुनः अग्रता बनायो । ८८औं मिनेटमा डिपेले गोल गर्दै बार्सिलोनालाई २-१ गोलले अगाडि बढाए । खेलको इन्ज्युरी समयमा बार्सिलोनाले पेनाल्टीको मौका पाएको थियो, जसमा कौटिन्होले गोल गर्दै बार्सिलोनालाई ३-१ गोलले जिताए । 

    images

    उक्त जितसँगै बार्सिलोनाले १४ खेलमा २३ अङ्क जोडेको छ । ऊ तालिकाको सातौँ स्थानमा छ । यता पराजित भिल्लारियल भने १६ अङ्कका साथ १२औं स्थानमा छ ।