एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा एटलान्टाले युभेन्टसलाई उसैको मैदानमा हराएको छ । शनिबार राति भएको खेलमा एटलान्टाले युभेन्टसलाई १-० गोलले हराएको हो ।
पाहुना टोली एटलान्टाको जितमा डुभान जापटाले निर्णायक गोल गरे । उनले पहिलो हाफको खेलको २८औं मिनेटमा गरेको गोल गनै युभेन्टसलाई हराउन निर्णायक बन्यो । त्यसपछि बाँकी समय थप गोल नहुँदा एटलान्टा विजयी भयो ।
उक्त जितसँगै एटलान्टाले १४ खेलमा २८ अङ्क बनाएको छ । ऊ लिगको चौथो स्थानमा छ । यता पराजित युभेन्टस भने २१ अङ्कका साथ आठौँ स्थानमा छ ।


