आइतबार, भाद्र २८ गते २०८३
images

पुलिस र जावलाखेलबीचको पहिलो हाफ बराबरी

एक्सप्रेस पाना
मंसिर १२, २०७८ आइतबार
  • 457
    SHARES
  • पुलिस र जावलाखेलबीचको पहिलो हाफ बराबरी

    मंसिर १२ काठमाडौं । राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा गोलरहित बराबरी खेलेका छन् । निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा दुबै टोलीले केही सुनौलो अवसर सिर्जना गरेता पनि गोल भने गर्न सकेनन् ।

    आज दुबै टोली पहिलो जितको खोजिमा रहेको छन् । यश अघि जावलाखेल पहिलो खेलमा मनाङ मर्स्याङ्दीसँग १-० ले पराजित भएको थियो । यता पुलिस पहिलो खेलमा विभागीय डर्बी क्लब त्रिभुवन आर्मीसँग १-१ गोलको बराबरी खेलेको थियो ।

    images