सोमबार, कार्तिक १७ गते २०८३
images
images

कोपा अमेरिकाको सेमिफाइनल समीकरण

एक्सप्रेस पाना
आषाढ २१, २०७८ सोमबार
  • 324
    SHARES
  • Copa-America-Semifinal-team.jpg२० असार, काठमाडौं ।

    images

    ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलको ४७औं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ ।आइतबार बिहान दुई क्वाटरफाइनल खेल सम्पन्न भएपछि सेमिफाइनल पुग्ने चारवटै टोलीको टुङ्गो लागेको हो ।समा कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै सेमिफाइनलमा स्थान बनायो ।अर्को खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३-० ले हरायो ।यही दुई टिम अर्जेन्टिना र कोलम्बिया दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।त्यसअघि घरेलु टोली ब्राजिलले पेरुसँग पहिलो सेमिफाइनल खेल्नेछ । २०१९ मा भएको संस्करणमा ब्राजिलले पेरुलाई नै पराजित गर्दै उपाधि जितेको थियो ।विश्वको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता कोपामा दक्षिण अमेरिकाका १० राष्ट्रलाई दुई समूहमा विभाजन गरेर खेलाइएको थियो । जसमा समूह ‘ए’बाट अर्जेन्टिना मात्र सेमिफाइनल पुग्न सफल भएको छ । समूह ‘बी’ बाट ब्राजिलसँगै पेरु र कोलम्बिया सेमिफाइनल पुगेका हुन् ।अब ब्राजिल र पेरुबीचको खेल मंगलबार बिहान नेपाली समय अनसार ४:४५ बजे सुरु हुनेछ । यस्तै अर्जेन्टिना र कोलम्बियाबीचको खेल बुधबार बिहान ६:४५ बजे सुरु हुनेछ ।

     

    images