आइतबार, भाद्र २८ गते २०८३
images

ए डिभिजन लिग : पुलिसको पहिलो जित

एक्सप्रेस पाना
मंसिर १२, २०७८ आइतबार
  • 367
    SHARES
  • ए डिभिजन लिग : पुलिसको पहिलो जित

    मंसिर १२ काठमाडौं । राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबले पहिलो जित दर्ता गरेको छ ।

    images

    आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरी खेलेका थियो । दोस्रो हाफमा पुलिसले गोल गरि खेलमा जित निकाल्न सफल भयो । पुलिसका लागि खेलको ७०औं मिनेटमा सुमन लामाले उत्कृष्ट गोल गरे । दोस्रो हाफमा सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका सुमन लामाले उत्कृष्ट गोल गरे । उनले रवी पासवानको लामो पासलाई आत्मसाथ गर्दै गोल गरे ।

    उक्त जितसँगै पुलिसले २ खेलबाट ४ अंक बनाएको छ । त्यस्तै यता पराजित जावलाखेलको भने समान खेलबाट १ अंक रहेको छ । यस अघि जावलाखेल पहिलो खेलमा मनाङ मर्स्याङ्दीसँग १-० ले पराजित भएको थियो । यता पुलिस पहिलो खेलमा विभागीय डर्बी क्लब त्रिभुवन आर्मीसँग १-१ गोलको बराबरी खेलेको थियो ।

    images