आइतबार, भाद्र २८ गते २०८३
images

प्रिमियर लिग : चेल्सी र युनाइटेडले खेले बराबरी

एक्सप्रेस पाना
मंसिर १३, २०७८ सोमबार
  • 545
    SHARES
  • प्रिमियर लिग : चेल्सी र युनाइटेडले खेले बराबरी

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल म्यानचेस्टर युनाइटेड र युरोपियन च्याम्पियन चेल्सीले बराबरी खेलेका छन् । आइतबार राति भएको खेलमा चेल्सी र युनाइटेडले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

    images

    चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा घरेलु टोली चेल्सीले सुरुवाती एक गोलको अग्रता उल्टाएर युनाइटेडसँग बराबरी गरेको हो । निकै रोमाञ्चक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५०औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

    त्यस्तै घरेलु टोलीका लागि खेलको ६९औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई १-१ गोलको बराबरीमा फर्काए । उक्त बराबरीसँगै शीर्ष स्थानको चेल्सीले १३ खेलमा ३० अंक जोडेको छ । यता युनाइटेडले भने समाना खेलबाट १८ अंकसहित आठौँ स्थानमा छ ।

    images