आइतबार, भाद्र २८ गते २०८३
images

सहज जित निकाल्दै एथ्लेटिको दोस्रो स्थानमा 

एक्सप्रेस पाना
मंसिर १३, २०७८ सोमबार
  • 449
    SHARES
  • सहज जित निकाल्दै एथ्लेटिको दोस्रो स्थानमा 

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता एथ्लेटिको मड्रिडले काडिजमाथि सहज जित निकालेको छ । आइतबार राति एथ्लेटिकोले काडिजलाई उसैको मैदानमा ४-१ गोलले हराएको हो । 

    images

    पाहुना टोली एथ्लेटिकोको जितमा थोमस लेमार, एन्टोइन ग्रिजम्यान, एन्जल कोरेर्रा र माथस कुन्होले १/१ गोल गरे । घरेलु टोली काडिजका एन्थोन लोन्जानोले १ गोल गरे । 

    निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५६औं मिनेटमा लेमारले गोल गर्दै एथ्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए । ७०औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै एथ्लेटिकोको अग्रता दोब्बर बनाए । 

    images

    त्यस्तै खेलको ७६औं मिनेटमा कोरेर्राको गोलमा तेब्बर अग्रता बनाएको एथ्लेटिकोले ८६औं मिनेटमा कुन्हाले गोल गरेपछि ४-० गोलको अग्रता बनाएको थियो । सोही मिनेट घरेलु टोलीका लोन्जानोले गरेको गोल काडिजका लागि सान्त्वना बन्यो । 

    उक्त जितसँगै एथ्लेटिको दोस्रो स्थानमा उक्लिएको छ । उसले १४ खेलमा २९ अङ्क जोडेको छ । काडिज भने १२ अङ्कका साथ १७औं स्थानमा छ ।