एजेन्सी । स्टार फवार्ड लिओनल मेस्सीले तीन असिस्ट दिएपछि फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले सहज जित निकालेको छ । आइतबार भएको खेलमा पीएसजीले १० खेलाडीमा सीमित सेन्ट इटिएनलाई ३-१ अन्तरले पराजित गरेको हो ।
पीएसजीको जितमा मेस्सीले तीन असिस्ट दिँदा मार्विन्होसले २ तथा एन्जेल डि मारियाले १ गोल गरे । त्यस्तै यस खेलमा रामोसले डेब्यु समेत गरेका थिए ।
उक्त जितसँगै पीएसजीले १५ खेलमा ४० अंक जोड्दै शीर्ष स्थानमा छ । सेन्ट इटिएन १२ अंक जोडेर २०औँ स्थानमा छ ।


