आइतबार, भाद्र २८ गते २०८३
images

ए डिभिजन लिग : आज दोस्रो चरण अन्तर्गतको अन्तिम दुई खेल हुँदै

एक्सप्रेस पाना
मंसिर १३, २०७८ सोमबार
  • 407
    SHARES
  • ए डिभिजन लिग : आज दोस्रो चरण अन्तर्गतको अन्तिम दुई खेल हुँदै

    मंसिर १३ काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम एनआरटी खेल्दैछन् । खेल दिउँसो १ बजे हुने छ । 

    images

    पहिलो खेलमा विभागीय टोली एपीएफलाई ३-२ गोल अन्तरले हराएको बिग्रेड आज लगातार दोस्रो जितको खोजीमा हुनेछ भने एनआरटी पहिलो जितको खोजीमा हुनेछ । एनआरटी यसअघि भएको पहिलो खेलमा साविक विजेता मच्छिन्द्र क्लबसँग २-१ गोल अन्तरले पराजित भएको थियो ।  बिग्रेड ३ अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ भने अङ्कविहीन एनआरटी १२औं स्थानमा छ । 

    यस्तै, दोस्रो खेलमा बेलुका पौने ५ बजे साविक विजेता मच्छिन्द्र क्लब र उपविजेता त्रिभुवन आर्मी क्लब खेल्ने छन् । पहिलो खेलमा एनआरटीलाई २-१ गोल अन्तरले हराएको मच्छिन्द्र आज लगातार दोस्रो जितको खोजीमा हुनेछ भने आर्मी पहिलो जितको खोजीमा हुनेछ । आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको थियो । 

    images

    मच्छिन्द्र तीन अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ भने  त्रिभुवन आर्मी १ अङ्कसहित आठौँ स्थानमा छ ।