आइतबार, भाद्र २८ गते २०८३
images

महिला क्रिकेट टोली स्वदेश फर्किदै 

एक्सप्रेस पाना
मंसिर १३, २०७८ सोमबार
  • 360
    SHARES
  • महिला क्रिकेट टोली स्वदेश फर्किदै 

    मंसिर १३ काठमाडौं । आइसीसी टि-२० महिला विश्वकपको एशिया छनोटबाट नै बाहिरीएको नेपाली महिला टोली आज स्वदेश फर्किदैछ । प्रतियोगितामा पाँच खेलमा दुई खेलमा पराजित भएको नेपाली टोली साँझ सात बजे आइपुग्नेछ ।

    images

    पहिलो पटक टि-२० महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने लक्ष्यका साथ दुबई पुगेको नेपाली महिला टोलस् पहिलो खेलमा नै हङकङसँग ६ विकेटले पराजित भएको थियो । त्यसपछि लगातार तीन खेल जितेपनि अन्तिम खेलमा यूएईसँग ४८ रनले पराजित भएको थियो ।  

    ग्लोबल क्वालिफायरका लागि क्षेत्रीय छनोट अन्तर्गत पुर्वी एसीया प्यासिफिक छनोट रद्ध भएको छ । यस्तोमा वरीयतामा माथी रहने २ टोलीले ग्लोबल छनोटमा स्थान बनाउने सम्भावना छ । महिला टोली विश्व वरीयताको १६ औं स्थानमा छ । नेपालभन्दा माथी रहेका थाइल्याण्ड, जिम्बावे, आयरल्याण्ड र स्कटल्याण्ड छनोट भईसकेकाले त्यसपछिका वरीयताबाट २ टोली ग्लोबल क्वालिफायर पुग्नेछन् । यस्तोमा पपुवा न्युगिनि, सामोआ र नेपालमध्ये २ टोलीको संभावना बलियो रहनेछ ।

    images